दफा १६
विवाद समाधान गर्ने अधिकार
(१) प्राधिकरणलाई अनुमतिपत्र प्राप्त व्यक्तिहरु बीच वा अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच भएको दूरसञ्चार सेवा सम्बन्धी विवाद समाधान गर्ने अधिकार हुनेछ ।
(२) उपदफा (१) बमोजिम विवाद समाधान गर्ने तरिका र कार्यविधि तोकिए बमोजिम हुनेछ ।